
पुण्यप्रसाद घिमिरे
धान कुटेर चामल,
चामल पिसी पिठाे
च्वाईँय तेल पाकेपछि,
सेलराेटी मिठाे।
सेलराेटी चाखम् भन्छ
भट्याउने ठिटाे
लाैन दिदी ताईमा,
पकाउ छिटाेछिटाे।
गाेला राेटी बनाउन,
घुमाई ताई छेक
एक राेटी कागलाई,
कुकुरलाई एक।
दुईराेटी गाेरूलाई,
बाबर गाईलाई
टिका लाई एक ठहर,
दिन भाइलाई।
सेताेसेताे गिलाे पिठाे,
ताईमा पस्दछ,
पाकेपछि अर्कै रङ्ग,
पूरै तेल घस्दछ।
ताता सेल खानदेऊ,
परिवारलाई,
नाङ्लाेमा सेल देऊ,
देउसी भैलेलाई।





