“काग तिहार”


मणि राज भट्टराई

हटि सारा हिलो मैलो प्रकृति मुस्कुराउँछ
यम पञ्चक झिलिमिली चाड तिहार आउँछ।

भाखा फेरि फेरि आफ्नै सुरमा गीत गाउँछ
शुभ चरी बिहानै उठी गाउँबस्ती व्युँझाउँछ।

मान्छे कै वरिपरि घुमी झुमी बस्न रुचाउँछ
मान्छे तर सँधै उ प्रति वक्रदृष्टि मिल्काउँछ।

कालो कर्कश भनि सहजै मजाक उडाउँछ
मान्छे आज खोजीखोजी मिष्ठान्न ख्वाउँछ।